Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


दाङमा बसको ठक्करबाट महिलाको मृत्यु


0
Shares

बबई गाउँपालिका वडा नम्बर ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बबई–४ सुन्दरखालमा पैदलयात्रु रानालाई ग१ख ७७०३० नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुमप्रसाद न्यौपानले जानकारी दिए ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस