
सीएनआरपीमाथि सत्ता पलटको षड्यन्त्र रचेको आरोप लागेको छ । तर, पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ । अदालतको यो निर्णयसंगै आगामी वर्ष हुने आम निर्वाचनमा सरकारलाई महत्वपूर्ण प्रतिस्पर्धी नहुने देखिएको छ ।
अदालतको निर्णय आउनुअघि पक्राउ पर्ने डरले सीएनआरपीका दर्जनौं सांसदले मुलुक छोडेका छन् ।
सर्वोच्च अदालतको प्रमुख डिथ मुन्टी सत्तारुढ पार्टीका सदस्य हुन् । सीएनआरपीले सन् २०१३ को निर्वाचनमा अप्रत्यासित नतिजा निकालेको थियो भने आगामी वर्षको निर्वाचनमा कडा चुनौती दिने अनुमान गरिएको थियो ।
कम्बोडियामा सयभन्दा बढी पार्टी सदस्यलाई पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लगाइएको छ । प्रधामन्त्री हुन सेन ३२ वर्ष देखी सत्तामा रहेका छन् । उनीमाथि अदालतलाई प्रभावमा पारेको र सुरक्षाकर्मीलाई विपक्षीविरुद्ध प्रयोग गरेको आरोप लगातार लाग्दै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्