२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


राष्ट्रपति मुगाबेको जिन्दगीका १० प्रमुख आरोह–अवरोह


0
Shares

फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो ।

सन् १९६०मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किएर उपनिवेसविरुद्ध लड्नका लागि ‘नेशनल डेमोक्र्याटीक पार्टी’ (जेएएनयु)मा आवद्ध भए । त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको ‘जिम्बाबे अफ्रिकी पिपुल्स युनियन’मा आवद्ध भए ।

सन् १९६४ देखि ०७४सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा रहे । हिरासतमुक्त भएपछि भने उनले प्रतिबन्धित जेएएनयुु पार्टीलाई नेतृत्व दिए । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गरे । सन् १९७२ देखि ०७९ सम्मको संघर्षमा २७ हजार जनाको मृत्युसमेत भयो ।

अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो । त्यसपछि मुगाबे प्रधानमन्त्री बने भने अर्का नेता कोमो गृहमन्त्री बने ।

फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबेविरुद्ध लागेको अरोपमा गृहमन्त्री पदबाट हटाइयो । त्यसको एक वर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो ।

डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बनेका थिए । फेब्रुअरी २००० मा पनि संविधान पुर्नलेखन भयो ।
मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गरेर फेरी निर्वाचित भएका थिए ।

डिसेम्बर २०१४ मा मुगाबेले आफूलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गरेका थिए ।
नोभेम्बर १५, २०१७ (हिजो)देखि उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ । (रासस/एएफपी)