Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राँके-रवि-भेडेटार सडकखण्ड कालोपत्रे गर्ने प्रक्रिया सुरु


0
Shares

सडक कालोपत्रे हुने खबरले स्थानीय उत्साहित भएका छन् । कालोपत्रे गर्न प्रि–क्वालिफिकेशन आवेदन आह्वान गरिएपछि स्थानीय उत्साहित भएका हुन् ।

‘लाइन अफ क्रेडिट फिल्ड थ्री’ सडक पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत घोषित ३ सय ३० मिलियन अमेरिकी डलरमध्येबाट यो सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको कार्यक्रम संयोजक श्रीबाबु ढकालले जानकारी दिए ।

पहिलो चरणमा पूर्वयोग्यता आवेदनमार्फत निर्माण ब्यवसायी छानिनेछन् ।

छानिएका कम्पनीबीच प्रतिस्पर्धा गराई दोस्रो चरणमा ठेक्का दिइने छ । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्म १ सय १ किलोमिटर सडकको कालोपत्रे गर्न टेन्डर आह्वान गरिएको हो ।