
रेलवे प्रशासनले आफ्ना वेबसाइटमा माफी माग्दै लेखेको छ, ‘रेल निर्धारित समयभन्दा अघि नै गुडेको थियो । यसकारण यात्रीहरुले असुविधा भोग्नु परेको हुन सक्छ । यात्रीहरुमा भएको असुविधाप्रति हामी माफी माग्दछौं ।’
समाचार एजेन्सीहरुका अनुसार टोकियोको अकिहाबरा र इबारकी प्रान्तको सुकुबाबीच चल्ने रेल निर्धारित समयभन्दा २० सेकेन्ड पहिला नै स्टेशनबाट गुडेको हो । मंगलबार बिहान ९ः४४ मा छुट्नु पर्ने रेल २० सेकेन्ड अघि नै छुटेको बताइन्छ ।
रेल छिटो छुटेकोमा भने यात्रुका तर्फबाट कुनै गुनासो नआएको पनि रेलवे प्रशासनले जनाएको छ ।
यो रेलवे लाइनमा प्रत्येक चार मिनेटमा एउटा रेल गुड्ने गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्