Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित


0
Shares

वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् ।

त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिक रुपमा भत्काइएको छ । सडक विभागले एकहप्ते सूचना प्रकाशन गरेपछि घर आफूहरुले नै भत्काएको रामकुमारी सदाले बताइन् ।

आँगनबाट सवारीसाधन गुड्न थालेपछि असुरक्षित महसुस भएको लखियादेवी सदाले बताइन् ।

१०५ फिट चौडाइको सडक बनेपछि मुसहरबस्ती नै धरापमा पर्ने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् ।

गौशाला नगरपालिकाको कार्यालयले तत्काल उनीहरुलाई राहत दिने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताए । उनका अनुसार अहिले गौशाला नगरपालिकामा रहेको मुसहरहरुको संख्या यकिन गर्ने कार्य भइरहेको छ र चाँडै नै एकीकृत दलित बस्ती बनाउने नगरपालिकाको योजना छ । रासस