Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे प्रशिक्षण सम्पन्न


0
Shares

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ६ दिनसम्म सन्चालित प्रशिक्षणको शुक्रबार सम्पन्न गर्दै आफ्ना ५० भन्दा बढि परामर्शदाता सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

उक्त प्रशिक्षणले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्शदाताहरुले दिनुपर्ने अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे जानकारी दिएको आयोजक फेकनले जनाएको छ ।

फेकनका अध्यक्ष युवराज कटुवालले ‘अष्ट्रेलियन एजुकेशन अनलाइन’ (पीआइइआर)संगको सहकार्यमा सन्चालित प्रशिक्षणमा अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे जानकारी दिएको बताए । उनले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन सकेकोमा खुसी व्यक्त गरे ।

फेकनले आगामी दिनमा अझ बढी प्रशिक्षण दिने बताएको छ । कार्यक्रममा सहभागी परामर्शदाताहरुले नेपालको शैक्षिक परामर्श व्यवसायमा देखिएका समस्या समाधान गर्दै समग्र व्यवसायलाई अनुशासनको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रतिनिधी तारानाथ निरौला, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष प्रकाश पाण्डे, डिआईजी माधव प्रसाद नेपाललगायतको उपस्थिति रहेको थियो ।