Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


राष्ट्रपति मुगाबेविरुद्ध शनिबार सडक प्रदर्शन गर्न आह्वान


0
Shares

क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, ‘मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।’

उनले हरारेमा मुगाबेविरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे ।
उनले भने, ‘सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर, अब सकियो ।’

‘हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौं, जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ,’ उनले थपे ।

मुगाबेका बारेमा अब पछि फर्केर केही गर्नु नपर्ने उनको भनाई छ ।

सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलोपटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिएका छन् । मुगाबेको ३७ वर्ष लामो शासन अन्त्य भएको दावी गरिएको छ । (रासस/एएफपी)