
त्यसमध्ये करिब ३ हजार ६ सय १३ रुपैंयाँ उम्मेदवार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एकहजार तीनसय नौ रुपैंयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ ।
स्थानीय निर्बाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपेंयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
निर्बाचन पर्यवेक्षणका तर्फबाट विज्ञ समूहले ६ महिना लगाएर गरेको अध्ययन अनुसार तीन चरणमा भएको निर्बाचनमा जम्मा १८ अर्ब ४६ करोड सरकारी ढुकुटीबाट खर्च भएको छ ।
उम्मेदवार र उनका समर्थकले गरेको खर्च यो भन्दा तीन गुणा बढी छ । उम्मेदवार उनका समर्थकहरुले ५० अर्ब ९६ करोड रुपैंयाँ खर्च गरेको अध्ययनको निस्कर्ष छ ।
समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजारकोट जिल्लालाई नमूनाको रुपमा लिई अध्ययन गरेको बताए । –अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्