५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


सिन्धुलीमा लोकबाजा संरक्षणको अभियानमा युवाहरु सक्रिय


0
Shares

सिन्धुली । सिन्धुलीमा लोकबाजाको संरक्षण गर्न युवा पुस्ता अघि सरेको छ ।

शहर बजारमा पश्चिमेली संस्कृतिका बाजा बजाउने होडबाजी चलिरहेका बेला सिन्धुलीमा लोकबाजा संरक्षणको अभियानमा युवाहरु सक्रिय भएका हुन् ।

विवाह, ब्रतबन्धलगायतका शुभ कार्यमा नेपाली लोकबाजा बजाउने काममा जोड दिइएको छ ।

नेपाली जनजीवनका सामाजिक रिति रिवाजहरु बिवाह, ब्रतबन्धलगायत सांस्कृतिक कार्यक्रमहरुमा परापूर्वकालदेखि नै बजाइँदै आएका लोकबाजाको प्रचलन हराउँदै जान थालेपछि लोकबाजा संरक्षण अभियान थालिएको हो ।

अग्रजहरुसँग रहेका सनाही, दमाहा, ट्याम्को, नरसिंह, कर्नाल, झ्यालीलगायतका नेपाली लोकबाजालाई मर्मत सम्भार गरेर उनीहरुबाट नयाँपिढीले नेपाली मौलिक सस्ंकृतिका लोकबाजा बजाउने र सँगसँगै नाच्ने अभियानको थालनी भएपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।

हिउँद महिना लागेसँगै सामाजिक शुभ कार्यमा पश्चिमेली सस्ंकृतिको अनुसरण बन्द गर्न आह्वान गर्दै नेपाली मौलिक लोकबाजालाई विवाह, व्रतवन्ध, धार्मिक पर्व र सास्ंकृतिक उत्सवहरुमा अनिवार्य गरिएको हो ।