६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


कपिलवस्तुका १५३ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा


0
Shares

दोस्रो चरणअन्तर्गत् आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तुका कुल २३३ मतदानस्थलमध्ये १५३ अतिसंवेदनशील रहेका छन् ।

त्यसैगरी, ६५ संवेदनशील र १५ सामान्य मतदानस्थलकारुपमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

४१० मतदान केन्द्र कायम गरिएको जिल्लामा खुला सीमा र विभिन्न समूहबाट हुनसक्ने आपराधिक गतिविधिबारे उच्चसतर्कता अपनाउँदै म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार ३३७ सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

मतदानस्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी नायव निरीक्षक प्रल्हाद अधिकारीले बताए ।

प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ जना निर्वाचित हुने कपिलवस्तुमा ३ लाख ११ हजार ७६० मतदाता रहेका छन् । यहाँ १८१ उम्मेदवारबीच प्रतिस्पर्ध हुँदैछ ।