
जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्घता जनाए पनि उनीहरुले उल्लंघन गर्दै निर्वाचन प्रचार गरिरहेका हुन् ।
दलहरुले निर्वाचनको प्रचार भड्किलो बनाएका छन् । पर्चा, पोष्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाईएको छ । बैतडी सदरमुकाम गोठलापानी बजार, शाहिलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पलेटले दुलही झैं सिंगारिएको छ ।
यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमाण्डौं, खोडपे बजार, खोचलेक बजारलगायतका क्षेत्रमा पनि झण्डाको माला नै बनाएर प्रचार गरिएको छ ।
विद्यालय शान्ति क्षेत्र भनिए पनि केही दलले चुनावी सभा विद्यालयमै गरेका छन् । निर्वाचनमा प्रचार गर्न ठूलो साउन्ड सिस्टम प्रयोग गर्ने, ठूलो आवाजमा नारा लगाउन बालबालिकाको प्रयोग गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्