२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ


0
Shares

बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त भेट्नै आए ।

‘मलाई पक्राउ गरेपछि बुबाले कुनै वास्ता गर्नुभएको छैन । फोनसमेत गर्नु भएन,’ गत कात्तिक २२ मा जिल्लाको मिझिङबाट पक्राउ परेका सन्तोषले भने, ‘बाउछोराबीच वैचारिक भिन्नता भए पनि पारिवारिक सम्बन्ध त छँदैछ नि । म उहाँको छोरा हुँ ।’

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले सन्तोषसहित दलबहादुर खत्री (जागृति)लाई पनि पक्राउ गरेको थियो । सुवेदीका छोरा सन्तोष नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रोल्पा सचिव हुन् । खत्री जिल्ला इन्चार्ज हुन् । –कान्तिपुर दैनिकबाट