
राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जिम्बावेका जनता र आफूबीचको सम्बन्धका कुनै कटुता नरहेको भन्दै सम्बन्धलाई अझै सुदृढ बनाउने बताए ।
यसैबीच सत्तारुढ दल जानु पिएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ । जानु पिएफले उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गरेको छ ।
नान्गाग्वालाई मुगाबेले दुई हप्ता अघि मात्र उपराष्ट्रपतिबाट हटाएका थिए । यसैगरी मुगाबेकी पत्नी ग्रेसलाई पार्टीबाट निकालिएको छ ।
पार्टी नेताबाट बर्खास्तीको निर्णयसँगै संसद्मा महाअभियोगको प्रस्ताव लैजानेसमेत सत्तारुढ दलले गरेको छ ।
उनले आजसम्म राजीनामा नदिए महाअभियोग लगाएर हटाउने तयारी गरिएको बताइएको छ ।
यता राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।
गत बुधबार सेनाले शक्ति हातमा लिएपछि ९३ वर्षीय मुगाबे घर मै नजरबन्दमा छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्