जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० बर्षीय पुजारी गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार शर्माको शव गुफा परिसरमा भेटिएको हो ।
शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घिमिरेले अनुसन्धानपछि मात्रै हत्या, आत्महत्या वा स्वाभाविक मृत्युभन्ने बारेमा बताउन सकिने जानकारी दिए । शर्माको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्