राजनीतिक दलहरुले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा उल्लेख भएका आर्थिक एजेन्डालाई केन्द्रीत गर्दै महासंघले बहस गर्न लागेको हो ।
बहसमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका आर्थिक एजेन्डा कार्यान्वयनमा प्रतिबद्धता खोज्न शीर्ष नेताहरुलाई बोलाइएको महासंघले जनाएको छ ।
बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता डा. रामशरण महत, नेकपा माओवादीका नेता वर्षमान पुन, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी हुँदै छन् ।
होटल सोल्टीमा हुन लागेको कार्यक्रमको ईमेज टेलिभिजन र ईमेज न्यूज एफएम १०३.६ ले प्रत्यक्ष प्रसारण गर्दै छन् ।









प्रतिक्रिया दिनुहोस्