रुकुम जिल्लाबाट टुक्र्याएर रुकुम पूर्व जिल्ला बनाइएपछि विभिन्न कार्यालय पनि स्थापित हुन थालेका हुन् ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुकुमकोट जिल्ला अदालत, निर्वाचन कार्यालय, मालपोत, नापीलगायतका सरकारी कार्यालय स्थापना भएका छन् ।
जिल्लाको ओपचारिक मान्यता पाएपछि जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा सेवाग्राहीको चाप बढेको छ ।
कार्यालयबाट नागरिकता, सिफारिसलगायतका सेवा लिन आउने बढेका हुन् ।
कार्यालय स्थापना भएको एक महिनामै चार सयभन्दा बढी नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथाउत्तरगंगा र भूमे गाउँपालिका छन् ।










प्रतिक्रिया दिनुहोस्