Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उम्मेदवारको घरनजिकै बम


0
Shares

रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतलीबम फेलापरेको हो ।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घरनजिकै बम फेलापरेको प्रहरीले जनाएको छ ।

बम राखिएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गइ दिउँसो बम डिस्पोजल गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ ।