२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


जर्मन चान्सलर मर्केललाई झट्का ! गठबन्धन सरकारको प्रयास विफल


0
Shares

खुला बजार पक्षधर उदारवादी दल ‘एफडीपी’ले गठबन्धन सरकारमा सामेल नहुने निर्णय लिएपछि चार हप्तादेखि जारी वार्ता नै भंग भएको छ । एफडीपीका नेता क्रिष्टेन लिन्ड्नरले चान्सलर मर्केलको अनुदारवादी ‘सीडीयु/सीएसयु’ गठबन्धन र ‘द ग्रीन्स’सँग विश्वासको कुनै आधार नभएको बताएका छन् ।

आफ्नो १२ वर्षे चान्सलरको अवधिकै सबैभन्दा ठूलो चुनौति ब्यहोर्न बाध्य मर्केलले के गर्छन् भन्ने प्रष्ट भएको छैन । चान्सलर मर्केलले वार्ता भंग भएकामा दुःख व्यक्त गरेकी छन् । यद्यपि, उनले राष्ट्रपतिलाई भेट्दै छिन् ।

राष्ट्रपतिसंगको भेटमा समयअगावै चुनाव आह्वान गर्नसक्ने विकल्पमा कुुरा हुनसक्ने बताइएको छ । मर्केलसँग समयअगावै चुनाव गराउनुका साटो ‘द ग्रीन्स’सँग मिलेर अल्पसंख्यकको सरकार बनाउने बाटो पनि रहेको बताइएको छ ।

एफडीपीका नेता लिन्ड्नरले भने झूठो ढंगले शासन गर्नुभन्दा नगरेकै जाती भन्ने प्रतिक्रिया दिए । गठबन्धनका दलहरुबीच कर, शरण दिने विषय र वातावरणीय नीतिका बारेमा गहिरो मतभेद देखिएको बताइएको छ । एजेन्सी