Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेत्रविक्रम चन्दका नेता–कार्यकर्तालाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका उनले मतदातालाई निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिए ।

‘जनतालाई सुरक्षाको प्रत्याभूति दिने काम गृह मन्त्रालयको हो’ भन्दै उनले जनताको सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए ।

पछिल्लो समयमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सुरक्षाका चारओटै निकायलाई उनले निर्देशन दिए ।

‘मतदाताले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ’ भन्दै उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई तत्काल प्रभावकारी काम गर्न निर्देशन दिए ।

गृह मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको गोष्ठीमा बढ्दो सुरक्षा चुनौतीबारे सुरक्षा निकायका अधिकारीहरुबीच रणनीतिक छलफल हुनेछ ।

गोष्ठीमा देशका विभिन्न ठाउँमा भएका विस्फोटका घटना र क्षतिकाबारेमा समीक्षा गर्ने र रोक्ने उपायबारे छलफल हुनेछ ।

गोष्ठीमा प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको छ ।