२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


जापानमा अमेरिकी सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध


0
Shares

ओकिनावा टापुमा रक्सी सेवन गरेका आफ्ना एक जना सैनिक गम्भीर सवारी दुर्घटनामा संलग्न पाइएपछि सोमबार यस्तो निर्णय गरिएको हो ।

ओकिनावामा रहेका सैनिकलाई उनीहरु कै आवास वा अखडामा बस्न भनिएको छ । आइतबार (हिजो)मात्र अमेरिकी सेनाले चलाएको ट्रक मिनि भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा स्थानीय सवारी चालकको मृत्यु भएको थियो ।

उनले सवारी चलाउँदा रक्सी सेवनको मात्रा निकै धेरै पाइएको थियो । ओकिनावामा २६ हजार अमेरिकी सेना रहेका छन् । तर, स्थानीयले भने अमेरिकी सेनाको विरोध गर्दै आएका छन् । उनीहरुले सेनासंग जोडिएका अपराध र दूर्घटनाप्रति आपत्ति जनाउँदै आएका छन् ।

ओकिनावा अमेरिका–जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्साको रुपमा रहेको छ । एजेन्सी