Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्कुल जाने बालबालिकाको सिकाइदर घट्दै, सबै विषयमा ५० प्रतिशतभन्दा कम


0
Shares

केन्द्रीय बालकल्याण समितिले सोमबार राजधानीमा गरेको कार्यक्रममा बालबालिकासम्बन्धी अध्ययन पुस्तक सार्वजनिक गरी अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाएको हो ।

अध्ययनले बालबालिकाको सिकाइदर घट्दै गएको देखाएको छ । कक्षा ५ सम्म पढ्ने बिद्यार्थीकोे गणितमा ४८ प्रतिशत , नेपालीमा ४६ र अंग्रेजीमा ४६ प्रतिशतमात्र सिकाइदर रहेको देखाएको हो ।

यस्तै, कक्षा ८ सम्म पढ्ने बालबालिकाको गणितमा ३५ प्रतिशत , नेपालीमा ४८ प्रतिशत र सामाजिकमा ४१ प्रतिशतमात्र सिकाइदर रहेको देखाएको छ । सिकाइदर गतवर्षको तुलनामा घट्दै गएको अध्ययनले देखाएको हो ।

अध्ययनले ८ कक्षासम्म ८० प्रतिशत बालबालिका भर्ना हुने गरेको देखाएको छ भने यो कक्षा १० सम्म पुग्दा ५९ प्रतिशतमा झर्ने गरेको छ । यस्तै, कक्षा १२ सम्ममा १८ प्रतिशतमात्र भर्ना हुने गरेको अध्ययनले देखाएको छ ।

१९ प्रतिशत दलित बालबालिका कक्षा ८ सम्म भर्ना हुने गरेको पनि अध्ययनले देखाएको छ । उमेरअनुसार तौल नपुगेको २७ प्रतिशत बालबालिका रहेको पनि अध्ययनले देखाएको छ ।

यस्त,ै यस वर्ष १८ वर्षमुनिमा ७६३ जना बालबालिका र २७५ जना १८ वर्षमाथिका बालबालिका हिंसामा परेको तथ्यांक पनि प्रस्तुत गरिएको छ । त्यस्तै, २३५ ओटा अपराधिक क्रियाकलापमा ३४७ जना बालबालिकाको संलग्नता पाइएको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।