२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु


0
Shares

खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरी सहायक उपरीक्षक राई माझर इक्वालले जानकारी दिए ।

दुर्घटनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका तथा घाइते भएका यात्रुहरूलाई प्रहरी र उद्धारकर्ताहरूले निकालेको प्रहरी अधिकारीले बताए ।

खैरपुर जिल्ला अस्पतालका मेडिकल सुररिटेन्डेन्ट गुलाम सुम्रोले अस्पतालमा १० जनाको शव र पाँच जना घाइते ल्याएको जानकारी दिए । उनले घाइतेमध्ये थप तीन जनाको अस्पतालमा आएपछि मृत्यु भएकाले मृत्यु हुनेको संख्या २० पुगेको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको बताए ।

यात्रीबाहक भ्यान सुक्कुर जिल्लाबाट खैरपुर जिल्लातर्फ आइरहेका बेला दुघटना भएको बताइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुघटनाको दोषी देखिएका ट्रकका चालकका विरुद्धमा मुद्धा दायर गरेको छ ।

प्रहरीले अत्यधिक धेरै भार बोकेको ट्रकले यात्रु बाहक भ्यानलाई उछिन्न खोजेपनि नियन्त्रण गुमाएर उछिन्न नसकेपछि दुर्घटना भएको जनाएको छ । ट्रकले भ्यानलाई किचेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

पाकिस्तानमा हरेक वर्ष ९ हजार सडक दुर्घटना हुने गरेको सरकारी तथ्यांक छ । ती दुर्घटनाहरुबाट सन् २०११ देखि यता औषतमा वर्षेनी ४ हजार ५०० जनाको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीले पाकिस्तानमा भएका दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना मानवीय त्रुटीका कारण हुनेगरेको पाइएको बताएको छ । (रासस/सिन्ह्वा)