Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध


0
Shares

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका स्थानीयवासी ६० वर्षीय बाबु विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आइरहेको बा १८ च ३११९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा पल्ँिटदा विष्टलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका विष्टको सिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिप्रका काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।

विष्टको मृत्युपछि स्थानीयवासीले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । रासस