Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नियमावली संशोधन गर्न मस्यौदा समिति गठन


0
Shares

काठमाडौं, पुस १३ । राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल (पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण बिडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् ।

शुक्रबारको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत् गरेका थिए । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाएका थिए ।

बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्‍यो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत् गरेका थिए ।

राष्ट्रियसभाको अर्काे बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस