Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बूढीगण्डकी आयोजनासम्बन्धि निर्णय अब बन्ने सरकारले उल्ट्याउँछ : ओली


0
Shares

गत साताको मन्त्रिपरिषद बैठकले दुई संसदीय समितिको निर्देशनमा टेक्दै आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको थियो । चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने एमाले अध्यक्ष ओलीले बताएका हुन् ।

‘बूढीगण्डकी आयोजना कि दिनै हुन्नथ्यो, दिएपछि खारेजको निर्णय गर्नु हुँदैनथ्यो,’ नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले भने, ‘एक महिना समय बाँकी रहेको चुनावी सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन, निर्वाचनका लागि शान्ति सुरक्षा कायम गर्नुको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरिरहेको छ । यो अनधिकृत काम हो । आगामी सरकारले यसलाई करेक्सन गर्नेछ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले विना प्रतिश्पर्धा विवादास्पद कम्पनीलाई दिएकाले खारेज भएको बताए । –कान्तिपुर दैनिकबाट