२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट


0
Shares

संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ । अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ ।

संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । –नेपाल समाचारपत्र दैनिकबाट