६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


बाग्लुङमा निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा


0
Shares

बाग्लुङमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको लागि हुन लागेको निर्वाचनको लागि तयारी व्यवस्था थालिएको छ ।

निर्वाचको लागि जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचनको कार्यालयले काम तिव्र गतिमा अगाडि बढाएका छन ।

४ नगरपालिका सहित ६ गाउँपालिका रहेको बागलुङमा निर्वाचन कार्यालयले मतदाता शिक्षा तालिम सम्पन्न गरी स्वयंसेवकलाई गाउँ-गाउँमा परिचालन गरेको छ ।

निर्वाचनमा आवश्यक पर्ने सामग्री, कर्मचारी तथा सुरक्षा लगायतको तयारीलाई तिव्रता दिइएको हो ।

निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका विभिन्न स्थानहरुमा आवश्यक सामग्री मतदान केन्द्रसम्म लैजाने, कर्मचारी व्यवस्थापन, मतदान अधिकृत प्रशिक्षण लगायतको कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकारी प्रकाश प्रसाद पण्डितले बताए ।

चुनावलाई आवश्यक पर्ने सामाग्री सहित, शान्ति सुरक्षाको व्यवस्था समेत मिलाईएको छ । निर्वाचनको लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी एवं म्यादी प्रहरी परिचालन गरिएको छ ।

निर्वाचनका अवधिमा जुनकुनै समयमा घटना हुने भएकाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा मजबुत पारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए ।

४ नगरपालिकासहित ६ गाउँपालिका रहेको बागलुङमा यतिबेला चुनावी अभियान बढदै गएको छ ।

जिल्लामा बामपंन्थी गठबन्धनबाट नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा तीन शक्तिले दुई/दुई सिट लिएर तालमेल गरेका छन् भने नेपाली काँग्रेसले प्रजातान्त्रिक गठबन्धन गरेर राप्रपासंग तालमेल गरेर २६ जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन ।

यस जिल्लामा २०६४ सालको संबिधान सभाको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा एक÷एक सिट र २०७० सालको निर्वाचनमा जिल्लाको तीन सिट नेपाली काँग्रेसले जितेको थियो ।

baglung1