२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


जर्मनीमा चान्सलर मर्केलले ‘ताजा चुनावको विकल्प’ रोज्ने


0
Shares

बहुमत जुटाउन नसकेर कठीन अवस्थाको सामना गरिरहेकी चान्सलर मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा ताजा चुनावको विकल्प रोज्ने प्रष्ट पारेकी हुन् ।

गठबन्धन सरकार बनाउन भएको वार्ता भंग भएपछि जर्मनी राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ता विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कारण नभएको बताएकी छन् ।

उदारवादी ‘एफडीपी’ पार्टीलाई लिएर सरकार बनाउने मर्केलको प्रयास विफल भएपछि जर्मनीले कुन बाटो लेला भन्ने कौतूहलता भएका बेला उनले नयाँ चुनावको संकेत गरेकी हुन् ।

यता, राष्ट्रपति फ्र्यान्क वाल्टर स्टिनमायरले भने आफ्ना अडानहरुमाथि पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । १२ वर्षदेखि चान्सलर रहेकी मर्केलले यसपटक सबैभन्दा ठूलो चुनौती सामना गरिरहेकी छन् ।

यद्यपि, ‘सोसल डेमोक्रेट्स’ पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउने सम्भावना पनि जिवित रहेको बताइएको छ । मर्केलको राजीनामा मागिएकासम्बन्धमा भने उनले आफ्नो राजीनामाले नयाँ गठबन्धन निर्माणमा नसघाउने बताएकी छन् ।

संसद्को दोस्रो ठूलो दल ‘सोसल डेमोक्रेट्स’ले मर्केलसँग गठबन्धन सरकारमा फर्किने कुनै सम्भावना नरहेको बताएपछि जर्मनी सरकार निर्माणकै लागि संकटमा फसेको छ । एनेन्सी