Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी दिनेहरुसँग सुनुवाई समितिले सोधपुछ गर्ने


0
Shares

काठमाडौं, पुस १३ । प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले छलफल थालेको छ ।

समितिमा प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध ९ वटा उजुरी परेका छन् । समितिले उजुरीकर्तालाई आज दिउँसो ३ बजे समितिको बैठकमा सोधपुछका लागि बोलाएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध विराटनगर पुनरावेदन अदालतमा रहँदा ‘तास जुवा होइन, बौद्धिक खेल हो’ भनि फैसला गरेको, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विरोधमा परेको उजुरीमा कुनै पनि कानुनी आधार बिना नै कार्यान्वयन नगर्नु भनी संसद्लाई आदेश दिएको तथा मुद्दा फैसला गर्दा आर्थिक चलखेल गरेकोसहितका आरोपमा उजुरी परेका छन् ।

जबरालाई गत मंसिर २७ गते संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।