Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल–भारतका सुुरक्षा बैठक सम्पन्न, निर्वाचनअघि ७२ घन्टा सीमा बन्द हुने


0
Shares

सो दुुईपक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र निर्वाचन हुनुअघि ७२ घन्टासम्म नेपाल भारत सीमा बन्द गर्न सहमति भएको हो ।

रौतहट, सर्लाही र महोत्तरी जिल्लाका सुरक्षा प्रमुख र भारतीय सुरक्षा पदाधिकारीबीच सोमबारसम्पन्न दुुई पक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्वकसम्पन्न गराउन उक्त सहमति भएको नेपाली सुुरक्षा अधिकारीले जनाएका छन् ।

शान्तिपूर्ण निर्वाचनका लागि सीमापारिबाट हुने आपराधिक गतिविधिलाई सूक्ष्म तरिकाले निगरानी गरेर त्यस्ता समूहलाई निरुत्साहित गर्न तथा सीमावर्ती भारतीय क्षेत्रमा उच्च सरक्षा सतर्कता अपनाएर सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पार्ने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

बैठकमा नेपालबाट अवैधरुपमा भारततर्फ जाने मदिरालाई नियन्त्रण गर्न, मानव बेचबिखन र नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न भारतीय पक्षले अनुुरोध गरेको जनाएको छ । आपराधिक गतिविधि र लागुऔषध ओसार–पसारलाई नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले समन्वय र सहकार्य गर्ने सहमति भएको प्रजिअ थापाले बताए ।

कालाजार र मलेरिया सीतामढीमा उन्मूलन भए पनि सीमावर्ती क्षेत्रको तीनै जिल्लामा ‘नोडल प्वाइन्ट’ बनाएर उक्त रोगका बिरामीमाथि विशेष निगरानी राख्न भारतीय पदाधिकारीहरुले बैठकमा आग्रह गरेका थिए ।

सीमावर्ति क्षेत्रमा भइरहेको अवैध कारोबारमाथि नियन्त्रण गर्न र भारतबाट आउने कालो भैँसी र नेपालबाट जाने सेतो गाईको तस्करीलाई पूर्ण रुपमा नियन्त्रण गर्न दुुबै पक्षबीच सहमति भएको पनि प्रजिअ थापाले बताए ।

बैठकमा नेपालकातर्फबाट रौतहट, सर्लाही र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका उपरीक्षकको सहभागिता थियो भने भारत सीतामढीका डिएम ब्रजकिशोर सदानन्द, प्रहरी उपरीक्षक हरिप्रसाद एस र एसएसबीका २० विं र ५१ वीं बटालियनका प्रमुखको सहभागिता रहेको जनाएको छ । रासस