निर्वाचनमा खटिने कर्मचारी आवश्यक सामग्री बोकेर सम्बन्धित मतदान केन्द्रतर्फ लागेका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा सबै मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत अन्य कर्मचारी तोक्ने कार्य सम्पन्न गरी मतदान स्थलमा खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका १ सय ८९ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले निर्वाचनलाई चाहिने आवश्यक समाग्रीहरु लिएर मतदान केन्द्रको लागि हिडिसकेको र ७ गते बेलुकासम्ममा निर्वाचन केन्द्रमा पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
जिल्ला निर्वाचन कार्यालयले १ सय ७९ वटा मतदान केन्द्र र ७९ वडा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री समेत पठाइसकिएको छ । जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान समेत भैसकेको छ ।
आसन्न निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुचक, सूचना संकलक, कर्मचारी, संस्थान, मतदान केन्द्रमा खटिने कर्मचारी गरेर ४ हजार ९२ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी बताउँछन् ।
जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाताबाट १ जना प्रतिनिधिसभा र दुइ जना प्रदेशसभाका लागि जनप्रतिनिधि चयन हुनेछन् । उक्त प्रतिनिधिका लागि १९ जनाको मनोनयन दर्ता भएको छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)




प्रतिक्रिया दिनुहोस्