Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपालको शैक्षिक स्तर झनै खस्कियो, यस्ता छन् प्रमुख कारण (भिडियो)


26
Shares

तर, बजेट खर्चअनुसारको प्रतिफल भने निकाल्न सकेको छैन । केन्द्रीय वाल कल्याण समितिले गरेको अध्ययनले बालबालिकाको शैक्षिक स्तर निकै खस्किँदो देखाएको छ ।

शिक्षा विभागको तथ्यांकअनुसार ९६ दशमलव ९ प्रतिशत बालवालिका विद्यालय भर्ना हुने गरेका छन् । गत वर्षको भर्नादर भने ९६ दशमलव ६ प्रतिशत थियो ।

निम्न माध्यमिक तहमा पुग्दा ८० दशमलव ९ प्रतिशत र माध्यमिक तहमा पुग्दा ५९ दशमलव ८ प्रतिशत भर्ना भएको सरकारी तथ्यांक छ ।

तर, उच्च माध्यमिक तहमा भने १८ दशमलव २ प्रतिशत विद्यार्थी मात्र भर्ना हुने गरेका छन् । बालबालिकामा शिक्षाको पहुँच वृद्धि हुँदै गए पनि गुणस्तर भने खस्कँदै गएको अध्ययनले देखाएको छ ।

विद्यार्थीको सिकाई क्षमता खस्किँदै जाँदा गुणस्तरमा कमी आएको हो । कक्षा ५ सम्म पढ्ने विद्यार्थीकोे गणितमा ४८, नेपालीमा ४६ र अंग्रेजीमा ४६ प्रतिशत मात्र सिकाई दर रहेको अध्ययनले देखाएको छ ।

यस्तै कक्षा ८ सम्म पढ्ने बालबालिकाको गणितमा ३५, नेपालीमा ४८ र सामाजिक शिक्षामा ४१ प्रतिशत मात्र सिकाई दर रहेको देखिएको छ ।

बालमैत्री वातावरणमा सिकाउने प्रवृत्ति नरहेका कारण सिकाई दर घट्दै गएको केन्द्रीय वाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

नेपालमा समुदायमा आधारित ३० हजार ४ सय ४८ र संस्थागत विद्यालयमा आधारित ५ हजार ६ सय ४५ बाल विकास केन्द्र सञ्चालित छन् ।

६४ प्रतिशत बालबालिका बाल विकास केन्द्रमा भर्ना हुने गरेको अध्ययनले देखाएको छ । भर्नादर बढे पनि पुरानै पद्धतिबाट पठनपाठन गराउने प्रवृत्तिका कारण बालबालिकाको सिक्ने क्षमतामा कमी आएको हो ।

अध्ययनले कक्षा ५ सम्मका ८ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको देखाएको छ ।

कक्षा १० मा पठ्ने ५ दशमलव ४ प्रतिशत छात्र र ५ दशमलव ३ प्रतिशत छात्राले विद्यालय छाड्ने गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तर झन् खस्किँदै गएको अध्ययनले देखाएको छ ।

अध्ययनले अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच बढेको देखाएको छ ।

यस्तै आधारभूत तहमा भर्ना हुने विद्यार्थीमध्ये १९ प्रतिशत दलित र ३७ दशमलव ९ प्रतिशत जनजाति बालबालिका हुने गरेको अध्ययनले देखाएको छ ।

बालबालिकाको माथिल्लो तहमा भर्ना हुने दरमा वृद्धि हुन नसक्नु र शिक्षाको गुणस्तरसमेत खस्कँदै जानु चिन्ताको विषय बनेको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)