मृत्यु हुनेमा तनहुँ, ब्यास नगरपालिका–१ का २७ वर्षीय शरद पौडेल र इलाम, देउमाई नगरपालिका–५ का २५ वर्षीया अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलामबाट झापातर्फ गइरहेको मे१ख १९४२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेकोे ग१२प ४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्