सार्वजनिकस्थल, विद्यालयमा नै चुनावी आमसभा र कार्यक्रम गरेको, चुनावी कार्यक्रममा बालबालिकालाई प्रयोग गरेको पाइएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने कुनै लिखित उजुरी नआएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृपासुर कार्कीले बताए ।
सदरमुकामभित्र नै आचारसंहिताविपरीत ठूला पोस्टर, फ्लेक्स प्रिन्टको प्रयोग गरेको तथा विभिन्न पत्रपत्रिकामा नियमविपरीत विज्ञापन छापेको देखिएकाले २४ घन्टाभित्र हटाउनसमेत राजनितिक दललाई निर्देशन दिएको उनले बताए ।
आचारसंहिता उलंघन गर्नेमा सबैभन्दा बढी नेपाली कांग्रेस र नेकपा एमाले छन् भने त्यसपछि क्रमशः नेकपा माओवादी केन्द्र, संघीय लिम्बूवान मञ्चलगायतका राजनीतिक दल रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्