Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


आचारसंहिता उल्लंघनका घटना बढे, आयोग के भन्छ ? (भिडियो)


0
Shares

आचारसंहिता उल्लंघनको घटनामा निर्वाचन आयोगमा दुई हजारको हाराहारीमा उजुरी परेको जानकारीमा आएको छ । आचारसंहिता उल्लंघन राज्य तहबाटै बढी भएको पाइएको छ ।

आचारसंहिता मिच्दै निर्वाचनको मुखमा कर्मचारी सरुवा–बढुवा, नियुक्ति, कर्मचारीको विदेश भ्रमण, राज्यको स्रोत–साधन वितरणलगायतका विषयमा उजुरी परेको आयोगले जनाएको छ ।

दलहरुका तर्फबाट भएको केही आचारसंहिता उल्लंघनका घटनाका सम्बन्धमा पनि उजुरी परेको छ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको अनुगमन र कारबाहीको सिफारिसका लागि ३७ निर्वाचन क्षेत्रमा सहसचिवस्तरका प्रमुख अनुगमनकर्ता खटाएपनि प्रभावकारी देखिएको छैन ।

आचारसंहिता उल्लघंनका घटनामा आयोग गम्भीर बनिरहेको आयोगले बताएको छ ।

आचारसंहिता उल्लंघनकर्ता जो–कोही भएपनि कारबाहीको दायरामा ल्याउन आयोगले तयारी गरिरहेको निर्वाचन आयुक्त सुधीरकुमार शाहले बताए ।

निर्वाचन आयोग राज्यतहबाट भएको आचारसंहिता उल्लंघनका घटनामा निरीह बनेको भन्ने आरोपको उनले खन्डन गरे ।

अतिमानवीय संवेदनशीलताको पक्षमा रहेका नियुक्तिको विषयमा आयोगले सहमति दिएपनि अरु विषयमा आयोगले हेरेर नबस्ने शाहको भनाइ छ ।

भिडियो हेर्नुहोस्