२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जनकपुरमा मटकोर सम्पन्न


0
Shares

जानकी मन्दिरबाट माता जानकीको प्रतिकात्मक स्वरुपसँगै वैवाहिक गीतनाद, बाजागाजा र झाँकीसहित निस्केको डोली गंगासागर पुगी माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो ।

विवाहपञ्चमी मेलामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आइपुगेका छन् ।

मेलामा अत्यधिक भीडभाड हुने गरेका कारण कुनै प्रकारको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिनुका साथै परिक्रमा सडकभित्र सवारी–साधनको प्रवेशमासमेत रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।