Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘वाइडबडी’ विमान खरिदमा कुनै अनियमितता भएको छैन : कंसाकार


0
Shares

काठमाडौं, पुस १२ । ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा सुरुआतदेखि नै संलग्न रहँदै आएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विमान खरिद प्रकरणमा कुनै अनियमितता नभएको जिकिर दोहोर्‍याएका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले निगमको विनियमावलीअनुसार नै विमान खरिद गरिएकाले कुनैपनि किसिमको अनियमितता नभएको दाबी गरे ।

बोलपत्रका विषयमा सर्वाेच्च अदातलेले नै ठीक भनिसकेपछि आफूहरु बोल्न आवश्यक नभएको पनि उनको भनाइ छ ।