Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सार्वजनिक खर्च पुनरावलोकन आयोगले दियो सरकारलाई सुझाव


0
Shares

काठमाडौं, पुस १२ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले बजेट र खर्च प्रणालीमा सुधार ल्याउनुपर्नेमा जोड दिएको छ ।

आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगले सरकारलाई बजेट र खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिएको हो ।

सरकारबाट हुने कामहरुमा बिनामापदन्ड खर्च बढाउँदै लैजाने, विकास आयोजना र कार्यक्रमको चयन निश्चित मापदन्डबिनै गर्नेजस्ता समस्याले विकासमा बाधा पुर्‍याइरहेको आयोगले जनाएको छ ।

बहुवर्षीय आयोजनामा पनि खर्चको स्रोत सुनिश्चितताको नाममा बजेटको न्यूनतम् मापदन्ड र संसदीय मान्यतासमेत लत्याएर आयोजना चयन गर्नेजस्ता काम भएकोसमेत आयोगले उल्लेख गरेको छ ।

प्रदेश र स्थानीय तहमासमेत बजेटलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले चालू खर्चलाई विशुद्ध सन्चालन र पुँजी निर्माणमा सहयोग हुनेगरी अघि बढाउन सुझाएको छ ।