काठमाडौं, पुस १२ । खानेपानीमन्त्री बीना मगरले सहायक ठेकेदारलाई जिम्मा दिएर भएपनि मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने दाबी गरेकी छन् ।
बिहीबार मेलम्ची खानेपानी आयोजना निर्माणमा पछिल्लो समय देखिएको अन्योलबारे संसदको विकास तथा प्रविधि समितिले बोलाएको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले मेलम्चीको काम कुनै हालतमा नरोकिने दाबी गरिन् ।
निर्माणको ठेक्का लिएको इटालीयन कम्पनी सीएमसीसँगको ठेक्का तोडे नेपाललाई बढी नोक्सानी हुने भन्दै मन्त्री मगरले सरकार सीएमसीबाटै काम सम्पन्न गराउने प्रयासमा रहेको बताइन् ।
उनले सीएमसी कम्पनीका प्रमुखले काममा फर्कने पत्र पठाएको जानकारीसमेत दिइन् ।
मन्त्री मगरले निर्माण कम्पनीलाई दिनुपर्ने रकममा कमिसन, बार्गेनिङ गरेको भन्ने हल्ला निराधार रहेको भन्दै कम्पनीसँग थप सुनिश्चिता खोजिएको जिकिर गरिन् ।
निर्माण कम्पनीको लिखित सम्झौता र मन्त्रालयकै कागजातको आधारमा आफूले दसैंमा मेचम्चीको पानी काठमाडौं पुर्याउने भनेपनि अब भने नयाँ मिति नतोक्ने बताइन् ।
बैठकमा सांसदहरुले ठेकेदार कम्पनी भाग्नुको कारण, आयोजना निर्माणमा भएको ढिलाइ, आयोजना निर्माणप्रति मन्त्री र मन्त्रालयका अभिव्यक्तिबारे प्रश्न उठाएका थिए ।









प्रतिक्रिया दिनुहोस्