Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तनहुँमा ६४ थान हतियार बुझाइयो


0
Shares

हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ ।

कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

‘बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ,’ उनले भने, ‘अटेर गरी हातहतियार नबुझाउने र शंका लागि खोजतलासका बेला भेटिए त्यस्ता व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने छ ।’

स्थानीय तहको चुनावमा तनहुँमा बुझाइएका ७१ थान हतियार चुनाव सकिएपछि प्रहरीले सम्बन्धित धनीलाई नै फिर्ता गरेको थियो । (रासस)