२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने


13
Shares

राजधानी हरारेस्थित रंगशालामा ६० हजार समर्थकमाझ आयोजना हुने एक भव्य समारोहमा त्यहाँका सभामुखले ७१ वर्षीय मनाङ्गावालाई नयाँ राष्ट्रपतिको शपथ दिलाउनेछन् । यसले जिम्बावेमा दशक लामो शक्ति संघर्ष अन्त्य भई नयाँ प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित शासन पद्दतिलाई संस्थागत गर्ने आशा गरिएको छ ।

सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गावा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको रुपमा काम गर्ने गरी निर्णय गरेपछि उनी राष्ट्रपति बन्न लागेका हुन् ।

सपथ कार्यक्रममा निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबे पनि सहभागी हुने सरकारी टेलिभिजनले जनाएको छ । निवर्तमान राष्ट्रपति मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गावालाई सुम्पने निर्णय गरेको हो ।

यसअघि मुगाबेले मनाङ्गावालाई उपराष्ट्रपतिबाट बर्खास्त गरेका थिए । जिम्बावेमा मुगाबेको ३७ वर्ष लामो शाशनको अन्त्य भएपछि नयाँ युगको सुरुवात भएको भन्दै हजारौं नागरिक सडकमा उत्रिएर खुशीयाली मनाएका छन् । (एजेन्सी)