काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्ष ओलीले स्थायी समिति सदस्यले पार्टी र सरकार सञ्चालनबारे उठाएका प्रश्नको जबाफ दिने कार्यसूची रहेको छ ।
अध्यक्षको जवाफ पछि बैठक आज सकिने नसकिने टुंगो लाग्ने छ । अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र सुझावलाई समेटेर जबाफ दिने तयारी गरेका छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले हिजै स्थायी समिति सदस्यले उठाएका प्रश्नको जबाफ दिएका थिए ।
अध्यक्ष दाहालले सदस्यहरुले उठाएका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सकिने बताएका छन् ।
२९ मंसिरदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ जना स्थायी समिति सदस्यले आफ्नो विचार राखेका छन्
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी र सरकार सञ्चालनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको आलोचना गरेका थिए ।
पूर्व एमालेकै नेताहरुले ओलीको कार्यशैलीलाई लिएर तिब्र आलोचना गरिरहेको बेला उहाँले दिने जवाफलाई महत्वका साथ हेरिएको छ ।
अध्यक्ष ओलीको जबाफपछि राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने तयारी नेकपाले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्