Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


निर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

शुक्रबार पोखरामा प्रदेश नम्बर–४ अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा उनले सुरक्षाकै कारण निर्वाचन प्रभावित नहोस् भन्दै सबै मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था सुनिश्चित गराउन निर्देशन दिए ।

क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले सुरक्षाकाबारेमा भएका गतिविधिवारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सोहीक्रममा प्रधानमन्त्री देउवाले पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा–अर्चना पनि गरे । उनले झन्डै ४५ मिनेट मन्दिरमा पूजा गरेका थिए ।