जिल्लाको शिवराज नगरपालिका–८ विसुनपुरमा शुक्रबार बिहान ट्याक्टरले ठक्कर दिँदा शिवराज नगरपालिका वडा नम्बर–६ मजिगवाका ८ वर्षीय असरफी तेलीको मृत्यु भएको हो ।
धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु३त २७४० नम्बरको ट्याक्टरले साइकलमा सवार बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट साइकलमा सवार मृतकका दाजु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरका चालक फरार रहेकाले उनको खोजी भइरहेको र शवलाई पोस्टमार्टमका लागी शिवराज अस्पताल लगिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्