निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घन्टाका लागि बन्द गरिएका हुन् ।
चुनावलाई मध्यनजर गरेर बिहीबार राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवत–जावत बन्द गरिएकोे प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए ।
उनले भने–‘चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घन्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुई देशका सुरक्षा अधिकारीहरुबीच भइसकेको छ ।’
मंसिर १० गते राति १२ बजेसम्म सीमानाका बन्द गरिनेछ । सीमानाकामा सवारी–साधन र पैदलयात्री आवत–जावतमा पूर्णरुपमा रोक लगाइएकोे छ ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ जोशीले बताए ।
पहिलो चरणअन्तर्गत् मंसिर १० गते प्रदेश नम्बर–७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्