तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको एउटै वडाका किसानले ४ करोड रुपैंयाँको सुन्तला विक्री गरेका छन् ।
वडा नम्बर ११ को पाल्पाली छापगाउँका किसानले यो बर्ष मात्रै ४ करोड रुपैयाँको सुन्ताल विक्री गरेका हुन् ।
किसानहरुले परम्परागत खेती छाडेर पाखो बारीमा सुन्तालको बगान बनाएका छन् ।
९५ घरपरिवार रहेको सो गाउँका एक किसानले कम्तिमा ३ देखि २५ लाखसम्मको सुन्तला विक्री गरेको स्थानीय कमल महतले बताए ।
गत बर्ष यस गाउँका किसानले करिब ३ करोडको सुन्ताला विक्री गरेका थिए । यसबर्ष उत्पादन बढेपछि आम्दानी पनि बढेको हो ।
काठमाडौं, धादिङ र पोखराका व्यापारीहरु आएर बोटबाटै ५० रुपयाँ किलोमा सुन्तला खरिद गर्ने गरेको स्थानीय बताउँछन् ।
तनहुँको पश्चिम र उत्तरी क्षेत्र सुन्तला उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्