
अर्घाखाँची सिमेन्ट उद्योगमा समान छोडेर जिल्लाको देउखुरी–गढवा गाउँपालिका–१ राङ्सिङ खोलामा टिपर सफा गर्नेक्रममा करेन्ट लाग्दा चालक र सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर, गढीगाउँपालिका निवासी चालक २८ वर्षीय चन्द्रकुमार वाइबा र सोही ठाउँका सहचालक १७ वर्षीय कुमार थिङ रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए ।
टिपर सफा गर्नेक्रममा टिपरको पछिल्लो भागको ट्रली उठाएपछि विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर करेन्ट लागेको हुनसक्ने इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्