तेह्रथुम । तेह्रथुम र संखुवासभाको सीमावर्ती गुफा र सुकेबजारका महिलाहरु गलैंचा बुनेर मनग्य आम्दानी गरिरहेका छन् ।
पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको लेकाली यी बजारमा बाह्रै महिना चिसो हावापानी हुन्छ ।
अन्य बालीको खेती यस क्षेत्रमा नहुँदा महिलाले घरको काम सकेर फुर्सदको समयमा गलैंचा बुन्ने गरेका छन् ।
बाक्लो धागोबाट बुनिएका गलैँचा नेपालकै विभिन्न ठाउँबाट आएका आन्तरिक तथा विदेशी पर्यटकहरुले खरिद गरेर लैजाने गरेको सुकेबजारकी लाक्पा शेर्पाले बताइन् ।
करिब ३ हजार मिटर उचाईमा रहेका यी बजारका अधिकांश महिलाले गलैँचा बुनेरै मासिक १५ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।
एउटा गलैँचाको मुल्य ७ देखि २५ हजारसम्म पर्ने गर्छ । एउटा गलैँचा बुन्न एक सातासम्म लाग्ने गरेको महिलाहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्