Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


कांग्रेस नेता निधिलाई ‘निमोनिया’


0
Shares

स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौं आइ चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।

धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए ।

उनले भने–‘उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौं, धेरैजनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुनसक्छ, अरु सबै जाँच सामान्य छ ।’

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहेका निधि छाती दुखेपछिमात्र अस्पतालमा आएका थिए । डा. ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको राससलाई बताए ।

राजदूतद्वारा स्वास्थ्यलाभ कामना
नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत् निधिलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

राजदूत पुरीले शुक्रबार ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । रासस